एन्फाको साधारण सभास्थलमा गणेश थापालाई छिर्न रोक लगाइएपछि स्थिति तनावग्रस्त

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व अध्यक्ष गणेश थापालाई साधारण सभास्थलमा प्रवेश गर्न रोक लगाएको छ।

धुलिखेलमा शुक्रबार सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई मुल गेटमै रोक लगाइएको हो ।

‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारण सभामा भाग लिन पुगेका हुन् ।

कार्यक्रमस्थलमा भित्र प्रवेश नदिएपछि थापा सभास्थल बाहिर बसेका छन् ।

फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलोपटक एन्फाको साधारण सभामा सहभागी हुन लागेका हुन् ।

उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिएपछि धुलिखेलको माहोल यतिखेर गर्मागर्मी भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *