सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।

अघिल्लो कारोबार दिन हिजो बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी प्रति तोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *