आईसिसी महिला टी-२० विश्वकप एसिया छनोट: वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

Thankot Times

थानकोट ।

थाइल्याण्डमा जारी आईसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ।

बैंककस्थित एसियन एस्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार बिहानका लागि तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो।

खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अंका बाँडेका छन् ।

छनोटमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपाल र हङकङसँगै बहराइन छ।

अब नेपालले भोलि बहराइनसँग दोस्रो खेल्नेछ।

त्यसपछि फेरि नेपालले वैशाख ३० मा हङकङ र जेठ १ मा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।

समूहमा प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ।

फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।

एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्।

१० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

नेपाली टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, विन्दु रावल, राजमती ऐरी, मनिषा उपाध्याय, कविता जोशी, रुवी पोद्दार (विकेट किपर), सवनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेट किपर), ईश्वरी विष्ट


Leave a Reply

Your email address will not be published. Required fields are marked *