इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित

Thankot Times

थानकोट ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्डको बैठकमा लिइएको हो ।

प्रतियोगिताअन्तर्गत आजबाट कुनै खेल हुनेछैन्।

अब बीसीसीआईको पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु हो।

बाँकी खेल सञ्चालनका लागि बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने बताइएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मे ८ सम्म ५८ खेलहरू थिए, जसमा पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पनि समावेश थियो।

मे ८ (बुधबार) मा धर्मशालामा खेलाइएको यो खेल बीचैमा रद्द गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *