गोदावरी मेयर कप फुटबलः पहिलो हाफमा दक्षिणकालीविरुद्ध चन्द्रागिरि २ गोलले पछाडी
थानकोट ।
ललितपुरको गोदावरी नगरपालिकामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला फुटबल प्रतियोगिता अन्तर्गत समुह सी को अन्तिम खेलमा दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकाबीच खेल भइरहेको छ ।
जारी खेलको पहिलो हाफको समाप्तिमा दक्षिणकाली नगरपालिका २-० ले अगाडी रहेको छ ।
खेलको १८औं र ३४औं मिनेटमा सानुकान्छा तामाङले गोल गरेपछि दक्षिणकाली नगरपालिका मजबुद अवस्थामा पुगेको हो ।
यो खेलको नतिजापछि समुह सी बाट प्रतियोगिताको सेमीफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
पहिलो खेलमा जित हात पारेका दुवै टोली यो खेलको नतिजा आफ्नो पक्षमा पार्दै ५ लाख रुपैयाँ राशीको प्रतियोगितको सेमीफाइनल पुग्ने दाउमा छन् ।
आजको खेल बराबरीको अवस्थामा सकिएपनि गोल अन्तरको आधारमा दक्षिणकाली प्रतियोगिताको सेमीफाइनल पुग्ने समीकरणमा रहँदा चन्द्रागिरि भने स्पष्ट जित हात पारेमा मात्रै प्रतियोगिताको सेमीफाइनल पुग्ने अवस्थामा छ । यद्यपी, पहिलो हाफमा २ गोल व्यहोरेको चन्द्रागिरिका लागि खेलमा फर्कन उति सहज भने छैन् ।
शनिबार नै गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने दिनको दोश्रो खेलमा मध्यान्ह १२ः१५ बजे महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिनको तेस्रो खेलमा बागमती गाउँपालिका र आयोजक गोदावरी नगरपालिकाबीच मध्यान्ह १२ः१५ बजे च्यासल रंगशालामा गोदावरी रंगशालामा खेल हुनेछ ।
दिनको चाैथो तथा अन्तिम खेलमा अपरान्ह ४ बजे मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच गोदावरी रंगशालामा खेल हुनेछ ।
पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।













