महिला टी-२० विश्वकप एसिया छनोटः वर्षाले प्रभावित खेलमा बहराइनविरुद्ध नेपालको सहज जित
थानकोट ।
थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा नेपालले बहराइनलाई हराएको छ ।
तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।
वर्षा र मैदान भिजेका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो ।
बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । उनी श्रीलंकाबाट खेलिसकेकी खेलाडी हुन् ।
यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले मैदान चिसो भएका कारण टस नै नभएर रद्द भएको थियो ।
अब नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।
समुह सी को अंकतालिका हेर्नुहोस्ः














