थानकोट-चित्लाङ सडकमा निर्धारित कालाेपत्रेकाे कार्य सम्पन्न
थानकोट ।
थानकोट-चित्लाङ सडककाे पानीघाट क्षेत्रमा कालापत्रे गर्ने पूर्वनिर्धारित कार्य सकिएको छ।
शनिबार साँझ साे सडकको करिब ११ सय मिटर क्षेत्र कालाेपत्रे सम्पन्न भएको चन्द्रागिरि नगरका प्रवक्ता तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सडक कालाेपत्रे गर्न गत बिहीबारदेखि सडक बन्द गरिएकोमा हाल कार्य सम्पन्न भएसँगै सडक सुचारु भएको छ।
बी एस पी जयश्री महालक्ष्मी जेभी सडक कालोपत्रे गरेको हो ।
तस्बिर: चन्द्रागिरि नगरका प्रवक्ता तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गीकाे फेसबुक पेजबाट












