नेपाल शिक्षक संघ चन्द्रागिरि नगर कार्य समितिले छापेको भित्तेपात्रो विमोचित

Thankot Times

थानकोट ।

नेपाल शिक्षक संघ चन्द्रागिरि नगर कार्य समितिले यसवर्षका लागि प्रकाशित गरेको वार्षिक भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद राजेन्द्र कुमार के.सी. ले सो भित्तेपात्रो शनिबार विमोचन गरेका हुन् ।

नैकापस्थित सान ईन्टनेशनल कलेज संयोजित सो उक्त कार्यक्रममा प्रदेश सांसद पुकार महर्जन, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, नेपाल शिक्षक संघ संघीय कार्य समितिका उपाध्यक्ष सुन्दर पन्त, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष मञ्जु श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, नेपाली काँग्रेस क्षेत्र नं १० ख का सभापति धर्मानन्द श्रेष्ठ लगायतको उपस्थिति रहेको नेपाल शिक्षक संघ स्थानीय कार्य समिति चन्द्रागिरि नगरपालिकाका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *