उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताः १७ स्वर्ण जित्दै शोणितपुर तेक्वान्दो डोजाङ बन्यो टिम च्याम्पियन
थानकोट ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ स्थित भक्ति इन्टरनेसनल एकेडेमीको आयोजनमा सम्पन्न प्रथम भक्ति इन्टरनेसनल उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाको शोणितपुर तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ ।
विभिन्न विद्यालय र डोजाङका गरी २५० भन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङले १७ स्वर्ण, ७ रजत र ४ कास्य पदक आफ्नो पोल्टामा पार्दै टिम च्याम्पियन बनेको हो ।
प्याब्सन काठमाडाैं जिल्ला समितिका सचिव कृष्ण भण्डारी, भक्ति इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक नवराज भट्टको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री बहादुर थापा लगायतले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।














