नेकपा समाजवादी निकट युवा संघ नेपालको संयोजक रोशन थापा
थानकोट ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको महाधिवेशन आयोजक समिति संयोजक रोशन थापा बनेका छन् ।
इन्चार्ज लक्ष्मण केसीले बक्तव्य जारी गरी थापा संयोजक रहेको आयोजक समिति बनाइएको जानकारी दिएका हुन् ।
यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ ।
आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई बनेका छन् ।
आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।














