नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज आइतबार छापावाल सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको हो ।
तोलामा ३ सय रुपैयाँ घटेसँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रति तोला एक हजार ९ सय ७० रुपैयाँ कायम गरिएको छ ।













