साफ यु-१९ च्याम्पियनसिपः नेपालले आज श्रीलङ्कासँग खेल्दै

Thankot Times

थानकोट ।

साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

खेल भारतको उत्तर प्रदेशमा रहेको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

यसअघि नेपालले श्रीलङ्गासँग दुई खेल खेलेकोमा दुवै जितेको थियो ।

च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तानबाहेक छ देश सहभागी छन् ।

नेपालले पर्सि आयोजक भारतसँग खेल्नेछ ।

आउँदो जेठ ४ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपाल, आयोजक भारत र श्रीलङ्का छन् ।

यस्तै, समूह ’ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *