सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
थानकोट ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले सदनमा प्रस्तुत गरेको पारितको प्रस्तावमा प्रतिपक्षी दलले विपक्षमा ध्वनी मत दिएका थिए ।
राष्ट्रिपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आइतबार नै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
सरकारले अब यहीँ नीति तथा कार्यक्रममा आधारित भएर आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ ।













