काठमाडौंका दुई निजी विद्यालयमा वाणिज्य विभागको छापा

Thankot Times

थानकोट।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका दुई निजी विद्यालयमा छापा हानेको छ । बुढानिलकण्ठ नगरपालिका–६ मा रहेको युरो स्कुल र टोखा नगरपालिका–४ मा रहेको मिल्सवेरी इन्टरनेशनल स्कुलमा विभागले छापा हानेको हो ।

छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका निरीक्षण अधिकृत अमित कुमार झाले विद्यालयहरूले इन्टरनेसनल ब्याक्कालेरेट (आईबी) नाममा सरकारी विद्यालयहरूको कोर्ष पढाउने गरेको पाइएको बताए ।

आईबी भनेर सिंगापुरको फ्रेन्चाईज लिएर सरकारी विद्यालयहरूको पाठ्यक्रम नै पठनपाठन गराउँदै आएको बताए । ‘सिंगापुरबाट आईबीको फ्रेन्चचाइज ल्याएर चलाएका छन् । तर, हेर्दा खेरी त्यो अनुसार भएको छैन,’ झाले भने ।

यूरो स्कुलले कक्षा १ मा पढ्ने विद्यार्थीबाट मासिक ३६ हजार ५०० रूपैयाँ शुल्क लिने गरेको पाइएको छ । आईबीको नाममा उक्त शुल्क लिएर अभिभावकहरूलाई ठगी गर्दै आएको पाइएको हो ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड २०७२ अनुसार कहीँ कतै नमिलेको बताउँदै उनीहरू तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन जारी गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *