बागमती प्रदेश सभाको अधिवेशन आह्वान
थानकोट ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश अधिवेशन आह्वान गरेका छन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको १६औँ अधिवेशन आह्वान गरिएको हो ।
आगामी जेठ ५ गते सोमबार बिहान ११ बजेलाई अधिवेशन आह्वान गरिएको प्रदेश सभाका सचिव रामकुमार पौडेलले जारी गरेकाे सूचनामा उल्लेख छ ।














