चन्द्रागिरि हिल्सको खुद नाफा बढ्यो

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आवको सोही अवधिमा भने कम्पनीले कुल १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेपनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ६३ करोड ५१ लख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीले ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चैत मसान्तसम्मको कम्पनीको प्रतिसेयर आम्दानी ७.०९ पैसा र प्रति सेयर नेटवर्थ १०२.४९ पैसा छ ।

एक वर्षको अवधिमा यस कम्पनीको प्रशासनिक घटेर ९ करोड ५६ लाख रुपैयाँबाट घटेर ८ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *