सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोला ३ हजार ७ सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुन प्रति तोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रति तोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *