एएफसी एसियन कप छनोटमा नेपालको पहिलो खेल लाओससँग

Thankot Times

थानकोट ।

एएफसी महिला एसियन कप छनोटमा नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ ।

छनोटअन्तर्गत नेपालले आगामी जुन २९ (असार १५ गते) आइतबार लाओससँग खेल्ने तय भएको हो । 

जुन २९ मा नेपाल र लाओसले नेपालीसमय अनुसार ५ः४५ बजे प्रतिस्पर्धा गर्ने तालिका छ ।

एएफसीले आइतबार छनोट चरणका खेल तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्नेछ । जुलाई २ (असार १८ गते) नेपाली समयअनुसार ५ः४५ मा नेपाल र श्रीलंकाबीच खेल हुने तालिका छ । 

तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र उज्बेकिस्तानले  जुलाई ५ (असार २१) नेपाली समय अनुसार ८ः४५ बजे भिड्ने तालिका छ । 

यी तीनवटै खेल उज्बेकिस्तानकको डुस्टलिक रंगशालमा हुनेछन् । 

अस्ट्रलियामा आयोजना हुने एएफसी महिला एसीयन कप २०२६ का निम्ति नेपालले समूह ‘एफ’मा रही छनोट खेल्न लागेको हो । समूह ‘एफ’मा नेपालसँगै लाओस, उज्बेकिस्तान र श्रीलंका छन् । 

आठ समूहमा विभाजन गरिएको छनोट चरणबाट आठ टोली प्रतियोगिाताका लागि छनोट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *