महिला टी२० विश्वकप एशिया छनोटः आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट ।

जारी महिला टी २० विश्वकप एशिया छनोट अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा मध्यान्ह सवा १२ बजे शुरू हुनेछ ।

यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो ।

यो खेल वर्षाका कारण ५ ओभरमा भएको थियो ।

नेपाल र हङकङको पहिलो खेल भने वर्षाले रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह ‘सी’मा  बहराइन र हङकङ छन् ।

समूहका दुई टोलीले एक आपसमा समान दुई÷दुई खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्नेछ ।

तीनै समूहको शीर्ष टोलीले सुपर–३ मा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *