साफ यू-१९ च्याम्पियनशिपः नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट ।

भारतमा जारी १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ ।

खेल स्थानीय गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूह विजेता बन्नेछ ।

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ५-० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो ।

नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।

च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन् ।

समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *