सुनको मूल्यमा गिरावट आउने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ ।

सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

यसदिन चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *