वरिष्ठ दन्त चिकित्सक घिमिरेलाई अधिवाह नेपालको विशेष सम्मान
थानकोट ।
ओम समाज दन्त अस्पतालका निर्देशक एवं वरिष्ठ दन्त चिकित्सक डा. सुभाष घिमिरेलाई अधिवाह नेपालले विशेष सम्मान गरेको छ ।
प्रथम चन्द्रागिरि नगर विद्यालयस्तरीय चित्र कला प्रतियोगिता तथा सम्मान कार्यक्रममा सोमबार डा. घिमिरेसहित अन्य चार जना व्यक्तित्व सम्मानित भएका हुन् ।
स्वास्थ्य सेवाबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै डा. घिमिरेलाई सो सम्मान अर्पण गरिएको आयोजक संस्था अधिवाह नेपालकी अध्यक्ष रजनी खड्गीको भनाइ छ ।
सतुङ्गलमा आयोजित एक कार्यक्रमका बीच डा. घिमिरे, शिक्षासेवी सुरेन्द्र बहादुर खड्का, मार्सल आर्ट्स प्रशिक्षक वीरकृष्ण महर्जन र खेलाडी वृनिष महर्जन सो क्रममा सम्मानित भएका हुन् ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी लगायतले सम्मानित व्यक्तित्वलाई कदर पत्र तथा दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।












