चित्लाङबाट थानकोट आउँदै गरेको गाडी पानीघाट नजिकै दुर्घटना
थानकोट ।
चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको मालबाहक गाडी पानीघाट नजिकै दुर्घटनामा परेको छ ।
काँचो नरिवल लोड भएको प्र. १ ०१ ००१ च ७९०७ नम्बरको टाटा मोबाइल बुधबार बिहान सडकमै पल्टिएको हो ।
सो दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।
सो गाडी दुर्घटना भएको स्थानको सडक केहीअघि मात्रै कालोपत्रे भएको थियो ।
भिरालो तथा मोडमा तिव्र गतिमा रहेको सो गाडी दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाइ छ ।












