सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

हिजो मंगलबार सुन प्रति तोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बुधबार चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार हिजो मंगलबार चाँदीको भाउ प्रति तोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *