आईसीसी विश्वकप लिग-२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ

Thankot Times

थानकोट ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।

रोहित कक्षा १२ के परीक्षामा सहभागी भएकाले पछि जाने क्यानले जनाएको छ । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल यसअघि नै बेलायत गइसकेका छन् ।

नेपाली टोली आजै बेलुका प्रस्थान गर्नेछ ।

नेपाली टोलीले स्कटल्यान्डमा लिग-२ शृङ्खला खेल्नुअघि बेलायतमा अभ्यास क्याम्पमा सहभागी हुनेछ ।

नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने लिग–२ आउँदो जुन २ देखि १० सम्म हुनेछ ।

लिग–२ पछि यी तीन देशबीच जुन १५ देखि २० सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।

लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *