आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
थानकोट ।
आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
गत सोमबार बुद्ध पूर्णिमाका अवसरमा सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन ।
आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।













