प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
थानकोट ।
थानकोट ।
संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेश गर्ने सम्भावित कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।
आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने ससंद् सचिवालयले जनाएको छ ।













