आईसीसी महिला टी२० विश्वकप एशिया छनोट: आज नेपाल र बहराइन खेल्दै

Thankot Times

थानकोट ।

आईसीसी महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत आज नेपाल र बहराइन खेल्दैछन् ।

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल मध्यान्ह सवा १२ बजे शुरू हुनेछ ।

यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । त्सतै, नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । मंगलबार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी-२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *