सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ घट्यो

Thankot Times

थानकोट।

नेपाली बजारमा सुनको मूल्य आज बिहीबार तोलामा ३ हजार ५ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुनको भाउ प्रति तोला एक लाख ८५ हजार ३ सय रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको भाउ तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *