यसरी निभाईएको थियो सतुङ्गलस्थित राधेराधे कम्प्लेक्समा लागेको आगो (फोटोफिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- ११ सतुङ्गलस्थित चार तल्ले राधेराधे कम्प्लेक्सको भुँई तल्लामा रहेको कपडा गोदामबाट सल्किएको आगोले सो भवनका अन्य पसलहरूमा समेत क्षति पुर्याएको छ ।

बिहीबार बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा लिइएको थियो । अहिले घटनास्थलमा क्षतिको विवरण संकलनको कार्य जारी छ ।

आगो नियन्त्रणमा लिन चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगरपालिका तथा थानकोटस्थित नेपाल आयल निगमको दमकल प्रयोग गरिएको थियो भने थुप्रै पानी ट्याँकरको सहयोग लिइएको थियो ।

मुल सडक नजिकै भएको आगलागीका कारण थानकोट-कलंकीसडकमा यातायात आवागमन केही बेर प्रभावित बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *