विश्वकप महिला टी-२० एसिया छनोट: वर्षाले प्रभावित खेलमा बहराइनमाथि नेपालको सहज जित

Thankot Times

थानकोट ।

विश्वकप महिला टी-२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ ।

थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो ।

समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो ।

बहराइनले १३औं ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि डीएलएसअनुसार नेपाले ७ ओभरमा ५६ रनको लक्ष्य पायो ।

जसमा नेपालले ६ विकेटको जित हात पारेको हो ।

कप्तान इन्दु बर्माले विस्फोटक ब्याटिङ गरी नेपाललाई दोस्रो जित दिलाइन् ।

बर्माले ७ बलमा नटआउट २४ रन बनाइन् ।

यस्तै, पुजा महतोले ११ बलमा १३ रन बनाउँदा सम्झना खड्काले पाँच बलमा पाँच रनको योगदान दिइन् ।

प्रतियोगितामा नेपालले हङकङसँगको एक खेलमा हार व्यवहोरेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।

४ अंक जोडेको हङकङ र १ अंक जोडेको बहराइनबीचको भोलि हुने खेलपछि सुपर-३ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपाल सुपर-३ मा पुग्न हङकङ पराजित हुनुपर्ने समिकरण छ।

वर्षाले खेल रद्द भएर अंक बाँडेमा रनरेटमा हङकङअघि छ। हङकङले जित निकाले पनि नेपाल बाहिरिनेछ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *