बाँडभञ्ज्याङका कुमार श्रेष्ठलाई फुल कन्ट्याक्ट कराते मुख्य प्रशिक्षकको जिम्मेवारी

Thankot Times

थानकोट।

नेपाल शिन-क्योकुसिन कराते संघ चन्द्रागिरि शाखाका डोजो प्रमुखसमेत रहेका चन्द्रागिरिका कुमार श्रेष्ठले नेपाल फुल कन्ट्याक्ट कराते महासंघको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

नेपाल फुल कन्ट्याक्ट करातेका पूर्व खेलाडी तथा प्रशिक्षक एवं रेफ्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले  सो जिम्मेवारी दिएको हो ।

श्रेष्ठले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान, मार्गदर्शन, अनुभव, अनुशासन र नेतृत्वको कदर गर्दै सो जिम्मेवारी दिइएको बताइएको छ। 

बिहीबार बसेको राखेप सदस्य सचिव स्तरीय बैठकले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

चन्दागिरि नगरपालिका-२ बाँडभञ्ज्याङका स्थानीय श्रेष्ठ २०४६ सालदेखी कराते क्षेत्रमा लागेका हुन भने २०६३ देखि प्रशिक्षण दिँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *