प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले आज जवाफ दिने कार्यसूची

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान मन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

प्रतिनिधि सभाको आज बस्ने बैठकमा मन्त्री पौडेलले जवाफ दिने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्नेछ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिएपछि मन्त्री पौडेलले जवाफ दिन लागेका हुन् । 

प्रतिनिधि सभामा वैशाख ३० गतेदेखि उक्त प्रस्तावमा छलफल हुँदै आएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *