आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड १९ दिनसम्म पूर्ण रूपमा बन्द हुने

थानकोट ।

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

सो खण्डमा कालोपत्रे हुने भएपछि जेठ २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो ।

नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी साधानले अन्य वैकल्पिक सडक कान्ति लोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङलगायतको मार्ग प्रयोग गर्न सुझाएको छ ।

तस्वीरः आशबहादुर भ्लोन


Leave a Reply

Your email address will not be published. Required fields are marked *