ढुङ्गाअड्डा-नागढुङ्गा सडकमा आई क्याट थप्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथअन्तर्गत ढुङ्गाअड्डा-नागढुङ्गा सडक खण्डमा चन्द्रागिरि नगरपालिकाले थप आई क्याट व्यवस्थापन गर्ने भएको छ ।

रातको समयमा सवारी साधन गुडाउँदा सडक संकेतका रुपमा काम गर्ने आई क्याटको संख्या कम भएको महशुस भएपछि नगरले सो अग्रसरता लिएको हो ।

सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि आई क्याट जडानको काम भइरहेको नगरप्रमुख घनश्याम गिरीको सचिवालयले जनाएको छ ।

आई क्याट सवारी साधनको हेडलाइटबाट निस्कने प्रकाश परावर्तन भइ तथा साैर्य उर्जाबाट रातको समयमा सडक संकेतको पहिचानमा सहायता पुर्याउने प्रचलित प्रविधि हो ।

जसले सडक प्रयोगकर्तालाई सतर्क बनाउन सहयोग गर्दछ ।

नगरको क्षेत्रभित्र पर्ने नागढुङ्गा-पिपलामोड क्षेत्रमा सडक विस्तार एवं स्तरोन्नतिको कार्य भइरहेकोले सो स्थानमा हाल आई क्याट जडानको कार्य नहुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *