गोदावरी मेयर कपको उपाधिका लागि गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका भिड्दै

Thankot Times

थानकोट ।

ललितपुरमा जारी दोस्रो संस्करणको उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधिका लागि आयोजक गोदावरी नगरपालिका र साविक विजेता काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। 

फाइनल खेल शुक्रबार दिउँसो साढे ३ बजे गोदावरी नगरपालिका-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा हुनेछ। 

फाइनल खेलअघिको औपचारिक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ। 

आयोजक गोदावरी नगरपालिका सेमीफाइनलमा दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडौं महानगरपालिका कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै लगातार दोश्रो पटक उपाधि नजिक पुगेको हो । 

काठमाडाैं महानगर प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

यस प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ हात पार्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *