आईसिसी महिला टी-२० विश्वकप एसिया छनोट: पानी परेपछि नेपाललाई अविश्वसनीय चिठ्ठा

Thankot Times

थानकोट ।

थाइल्यान्डमा भइरहेको आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ।

समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो।

समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिए।

नेपालले चार खेलबाट पाँच अंक जोड्यो।

पाँच अंक नै भएको हङकङ भने बाहिरियो।

नेपालले चार खेलमा दुई जित र एक खेलमा हार बेहोर्दा एक खेलमा अंक बाँढ्यो।

हङकङले एक जित निकाल्यो भने तीन खेलमा अंक बाढ्यो। उसका तीन खेल वर्षाले अवरूद्ध भयो।

रन रेटमा नेपालभन्दा अघि रहे पनि हङकङले एक मात्र जित निकाल्दा प्रतियोगिताबाट बाहिरियो ।

नेपाल भने बढी जित निकालेको आधारमा हङकङलाई पछि पार्न सफल भयो।

प्रतियोगिताको नियमावलीमा अंक बराबरीमा सुरुमा बढी जितलाई मान्यता दिइने उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *