दहचोक सुवेदी गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न, ७२ जनाले लिए सेवा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०१ दहचोक सुवेदी गाउँस्थित शहरी स्वास्थ्य केन्द्रमा शुक्रबार आँखा जाँच शिविर सम्पन्न भएको छ ।
चन्द्रागिरि वडा नं. १ कार्यालय र दहचोक स्वास्थ्य चाैकीको आयोजनामा सञ्चालित शिविरमा कीर्तिपुर आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।
७२ जनाले सेवा लिएको सो शिविरमा केही सेवाग्राहीमा मोतियाबिन्दुको लक्षण देखा परेको दहचोक स्वास्थ्य चाैकी प्रमुख प्रकाश घिमिरेको भनाइ छ । उनीहरूको थप उपचारका लागि स्वास्थ्य चाैकी तथा वडा कार्यालयले आवश्यक सहजीकरण गर्ने घिमिरेले जानकारी दिए ।
यसअघि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतले शिविरको उद्घाटन गर्दै शहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण गरेका थिए ।
जेठ ४ गते आइतबार चन्द्रागिरि १ को कार्यालय हातामा समेत एक दिने आँखा शिविर सञ्चालन हुने चन्द्रागिरि वडा नं. १ का वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए ।













