जारी साफ यू-१९ च्याम्पियनसीपमा नेपालको चुनाैती समाप्त, बङ्गलादेश २-१ ले विजयी
थानकोट ।
जारी साफ यू-१९ च्याम्पियनसीपमा नेपालको चुनाैती सकिएको छ ।
शुक्रबार साँझ सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको हो ।
अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा भएको सेमिफाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित भयो ।
बङ्गलादेशका लागि असिकुर रहमानले ७४ र नजमुल फ्यासलले ८१ औँ मिनेटमा एक–एक गोल गरेका थिए ।
नेपालका लागि सुजन डङ्गोलले ८६ मिनेटमा सान्त्वना गोल फर्काए ।
नेपाललाई हराएर फाइनलमा पुगेको बङ्गलादेशले अब भारत र माल्दिभ्सबीच अहिले भइरहेको दोश्रो सेमीफाइनल खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।













