प्रचण्ड कप एशियन मार्सल आर्ट्स गेम्समा १७ पदकसहित शोणितपुर टिम च्याम्पियन
थानकोट ।
योङ ब्रदर्स तेक्वान्दो क्लब र अल नेपाल स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजना भएको एशियन मार्सल आर्ट्स गेम्स एण्ड फेस्टिवल-२०२५ (प्रचण्ड कप) मा शोणितपुर तेक्वान्दो डोजाङ १६ स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।
विभिन्न देश र डोजाङका गरी २०० भन्दा बढी खेलाडी सहभागीभएको प्रतियोगितामा शोणितपुर डोजाङका खेलाडी राम शाहीले फाइनलमा भारतको खेलाडीलाई नकआउट गर्दै स्वर्णपदक हात पारे ।
प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङका खेलाडीले १६ स्वर्ण, ७ रजत र ४ कास्य पदक आफ्नो पोल्टा पार्दे टिम च्याम्पियन बन्न सफल भए।












