थाइल्याण्डमा भावविह्वल चेलीहरू…

Thankot Times

थानकोट ।

नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो।

अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।‍

सुपर-३ को अन्तिम खेलअघि शीर्ष स्थानको थाइल्यान्डको ८ अंक, नेपालको ७ अंक र युएईको ६ अंक भएको छ। युएईले सबै खेल खेलिसकेको छ।

सबै तस्वीरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *