नागढुङ्गा ट्राफिक प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक किरण राउतले सम्हाल्ने

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक किरण राउतले पाएका छन् ।

गत बुधबार सहकर्मीमाथि मध्यसडकमै थप्पड हानेपछि जिम्मेवारीबाट हटाइएका तत्कालीन प्रहरी निरीक्षक जितेन्द्र साहको स्थानमा कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत राउत खटिने भएका हुन् ।

भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा नागढुङ्गा ट्राफिक प्रहरीका प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक हवल्दार मदन खड्कालाई ड्युटी समयमै कुटेको भिडियो भाइरल भएपछि दुवै जना प्रहरी छानबिनका लागि जिम्मेवारी मुक्त गराइएका थिए । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रशासन शाखा रानीपोखरी काठमाडौंले जेठ २ गतेको निर्णयानुसार प्रहरी निरिक्षक राउतको नागढुङ्गा ट्राफिक प्रभागमा काज सरुवा गरिएको हो । 

प्रहरी वृत्त कीर्तिपुरले सोमबार एक कार्यक्रम गरि प्रहरी निरीक्षक राउतललाई बिदाइ गरेको छ । 

नागढुङ्गा चोकमा प्रहरीबीचमा भएको लछारपछारको भिडियो भाइरल


Leave a Reply

Your email address will not be published. Required fields are marked *