ई-सेवाको सिष्टममा समस्या

Thankot Times

थानकोट ।

नेपाल उल्लेख्य रुपमा प्रयोग हुने मोबाइल वालेट सर्भिस प्रोभाइडर ई-सेवामा समस्या देखिएको छ ।

सोमबार दिउँसोबाट ई-सेवाको सिस्टममा समस्या देखिएको ई-सेवाका एक कर्मचारीले बताए ।

उनले भने, ‘ ई-सेवामा समस्या आएको हो। हामीले यसबारेमा अनुसन्धान गरिरहेका छौं। ‘

उनका अनुसार के भएर समस्या भएको भन्‍नेबारे अझै बुझ्न थाहा पाउन सकिएको छैन्।

ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् ।

सिस्टममा समस्या देखिएसँगै कारोबार ठप्प हुँदा सेवाग्राही भने समस्यामा परेका छन् । मोबाइल वालेटमा गरिएको कारोबार देखाएको छैन् ।

एफ वान सफ्टले निर्माण गरेको ई-सेवामा समस्या आएपछि ह्याकिङ भएकोसमेत आशंका गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *