चन्द्रागिरिमा राजावादीहरुको भेला, जेठ १५ गतेको आन्दोलनलाई सशक्त बनाउने उद्घोष

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनलाई सफल बनाउन राजसंस्था पक्षधरहरूले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

मंगलबार बिहान चन्द्रागिरि नगरपालिका सतुङ्गलमा सो पार्टीका महामन्त्री राजेन्द्र गुरुङ, सहायक महामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य देवेन्द्र प्रधान, राप्रपा चन्द्रागिरि नगर अध्यक्ष रन्जन कुमार गिरी लगायतको उपस्थितिमा राप्रपा चन्द्रागिरिले जेठ १५ को आन्दोलनलाई सशक्त बनाउने उद्घोष गरेको हो ।

कार्यक्रममा अनिश्चित आन्दोलनको तयारी स्वरुप आन्दोलनलाई सशक्त बनाउन राप्रपाको अग्रसरतामा चन्द्रगिरि नगरपालिका क्षेत्रमा जेठ ९ गते कोण सभा आयोजना हुनेछ । सो कार्यक्रममा सहभागी हुन समस्त चन्द्रागिरि नगरबासीहरूलाई आह्वान र जागृत गर्ने मंगलबारको कार्यक्रमले लक्ष्य राखेको छ ।

मंगलबारको कार्यक्रममा चन्द्रागिरि नगरमा विभिन्न पार्टीसँग सम्बद्ध रहेका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *