नेपाल बैंकर्स संघका पदाधिकारीले भेटे गभर्नर पौडेल

Thankot Times

थानकोट ।

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका छन् ।

सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन् ।

नवनियूक्त गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने पौडेलको भनाइ छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ