प्याब्सन चन्द्रागिरि अन्तर विद्यालय वक्तृत्वकलामा रिब्सकी अनुपा पहिलो, ब्राइट फ्यूचरकी अश्मी दोश्रो

Thankot Times

थानकोट ।

नीजि तथा आवासीय विद्यालयहरूको संघ (प्याब्सन) चन्द्रागिरि नगरको आयोजनामा शनिबार अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

नैकापमा आयोजना भएको सो वक्तृत्वकलामा प्रतियोगिता सामाजिक सञ्जाल: अवसर र चुनौती विषयमा केन्द्रीत थियो जहाँ सहभागी भएका विद्यार्थीहरू मध्ये महादेवस्थानस्थित रिब्स माविकी छात्रा अनुपा मरहठ्ठा पहिलो भइन् । प्रतियोगितामा विभिन्न नाै वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । 

यस्तै, नैकापस्थित ब्राइट फ्यूचर माविकी अश्मी पाैडेल दोश्रो हुँदा थानकोटस्थित माउण्ट चन्द्रागिरि इ. स्कूल, थानकोटकी छात्रा स्मृति बस्नेत तेस्रो भइन् । 

प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनाल, राष्ट्रिय परिक्षा बोर्डका सदस्य दयाराम थापा, प्याब्सन चन्द्रागिरिका पदाधिकारीहरू तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूले पुरस्कार वितरण गरेको प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष एवं जेसीस स्कूलका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरका शिक्षा शाखा प्रमुख खनालले सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीहरूमा सामाजिक विषयप्रतिको समझदारी, विश्लेषण क्षमता र अभिव्यक्तिको कला विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूले यही जेष्ठ १५ गते हुने जिल्ला स्तरीय वकृत्वकला प्रतियोगितामा चन्द्रागिरिको प्रतिनिधित्व गर्ने बताइएको छ ।

सो क्रममा सहभागी विद्यार्थीहरूको सम्पूर्ण खर्च प्याब्सन चन्द्रागिरिले व्यवस्थापन गर्ने प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष महर्जनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ