सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन अस्ती शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ ।
यसदिन चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको हो ।















