सुनको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने यो साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।

हिजो आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ स्थिर छ ।

आइतबार चाँदी प्रति तोला दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारपनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ