कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा विद्यार्थी स्वयंसेवक विपद् उद्धारक तालिम सुरु
थानकोट ।
कीर्तिपुर नगरपालिका-४ स्थित नेपाल एपीएफ स्कुलमा विद्यार्थी स्वयंसेवक विपद् उद्धारक तालिम सुरु गरिएको छ ।
कीर्तिपुर नगरपालिकाको सहकार्यमा सञ्चालन हुने १५ दिने सो तालिम कार्यक्रम आइतबार उक्त विद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र केसीले गरेका हुन् । सो क्रममा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजेन्द्र बानियाँ, विद्यालय प्रधानाचार्य युवराज पराजुली, तालिमको मुख्य प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल, विद्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।
सो तालिम कार्यक्रममा कीर्तिपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरू तथा नेपाल एपीएफ स्कुल कीर्तिपुरमा अध्ययनरत १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको सो विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले जानकारी दिए ।
विपद्का बेला हुने क्षति न्यूनीकरण तथा उद्दारका प्रयासका बारेमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइने कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बानियाँको भनाइ छ ।














