थाहा नगरका संस्थागत विद्यालयमा आज शोक बिदा

Thankot Times

थानकोट ।

मकवानपुर जिल्लाको थाहा नगरमा आज मंगलबार संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिने भएको छ । 

सोमबार साँझ थाहा नगरपालिका-३ पालुङमा भएको सडक दुर्घटनामा २ जना शिक्षकहरूसहित तीन जनाको ज्यान गएको शोकमा प्याब्सन थाहा नगरले  नगर क्षेत्रमा आज शोक बिदा निर्णय गरेको स्थानीय सञ्चारकर्मी शम्भु अधिकारीले जानकारी दिए । 

उक्त दुर्घटनामा परस ज्यान गुमाउनु हुने शिक्षकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मिति जेठ १३ गते एकदिन यस प्याब्सन थाहा नगर समितिमा आबद्व सम्पूर्ण विद्यालयहरुको पठनपाठन बन्द गरि शोक बिदा गरिएको सबैमा जानकारी गराउँदछाैं थाहा प्याब्सनका अध्यक्ष सुरेन्द्रमान प्रधानद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

थाहा नगरस्थित त्रिभुवन राजपथमा यात्रु बसको ठक्करबाट पैदलयात्रीहरू थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविका शिक्षक लोकेन्द्र बहादुर ठाकुर, रघुनन्दन यादव र लेखापढी व्यवसायी कृष्ण बलामीको मृत्यु भएको थियो ।

अन्य दुइ जना घाइते भएका छन् । 

अपडेट

थाहा नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज शोक बिदाको निर्णय गरेको शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ